Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा तीन दिवसीय मेलमिलापकर्ता पुनर्ताजगी तालिम सम्पन्न

सूर्योदय नगरपालिकामा तीन दिवसीय मेलमिलापकर्ता पुनर्ताजगी तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २४ २०८३


सूर्योदय नगरपालिकामा तीन दिवसीय मेलमिलापकर्ता पुनर्ताजगी तालिम सम्पन्न

फिक्कल । सूर्योदय नगरपालिका मा तीन दिवसीय मेलमिलापकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ। नगरपालिकाका १४ वटा वडाबाट सहभागी भएका ४३ जना मेलमिलापकर्ताहरूलाई लक्षित गरी आयोजित तालिमको उद्देश्य वडास्तरमा सिर्जना हुने विवादलाई स्थानीय तहमै समाधान गर्न आवश्यक कानुनी तथा व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको थियो।

तालिममा प्राकृतिक स्रोत द्वन्द्व व्यवस्थापन केन्द्र नेपाल का प्रशिक्षक संगीता थापा र चेतराज बिष्टले सहजीकरण गरेका थिए। उनीहरूले नयाँ कानुनी व्यवस्था, मेलमिलाप प्रक्रियाको प्रभावकारी अभ्यास तथा समुदायस्तरमा विवाद व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमको समापन दुर्गाकुमार बराल को अध्यक्षतामा सम्पन्न भएको थियो। समापन कार्यक्रममा बोल्दै उनले स्थानीय स्तरमै विवाद समाधान गर्ने संस्कृतिलाई सुदृढ बनाउन मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए। साथै उनले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर समुदायमा शान्ति र सहकार्य कायम गर्न सहभागीहरूलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार