Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

ऐतिहासिक गोर्खे बजार जोड्ने सडक कालोपत्रे हुँदै,निर्माण अघिको प्रारम्भिक सर्भे (तस्बिरहरु)

ऐतिहासिक गोर्खे बजार जोड्ने सडक कालोपत्रे हुँदै,निर्माण अघिको प्रारम्भिक सर्भे (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख २० २०८३


ऐतिहासिक गोर्खे बजार जोड्ने सडक कालोपत्रे हुँदै,निर्माण अघिको प्रारम्भिक सर्भे (तस्बिरहरु)
सुर्योदय (रुङ्सुङ) । इलामको सुर्योदय नगरपालिका ३ को रुङ्सुङ्ग चौकबाट वडा नं १ को गोर्खे बजार जोड्ने सडको प्रथम खण्ड कालोपत्रे शुरु हुने भएको छ । कोशी प्रदेश सरकारको लगानीमा रुङ्सुङ्ग चौकबाट भिमज्योती आधारभुत विद्यालयसम्मको प्रथम खण्ड कालोपत्रे हुने प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुले बताइन् ।
प्रदेश सरकार स्थापना भएदेखिनै प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुको पहलमा रुङसुङ्ग चौँकबाट माईजोगमाई, सन्दकपुर गाउँपालिका हुँदै इलाम नगरपालिकाको बाघखोर जोड्ने रिङरोडको परिकल्पना सहित बजेट विनियोजन हुँदै आएको थियो । कालोपत्रे हुने प्रथम खण्डमा प्रदेश सरकारको ३ करोड बढी बजेटबाट पक्कि नाला, कटिङ, ग्राभेल गर्ने काम भएको थियो । कोशी प्रदेश सरकारबाट बहुवर्षे ठेक्का स्वीकृत भई पूर्वाधार विकास कार्यालय इलाम मार्फत सडक कालोपत्रेको काम शुरु हुने भएको हो ।
सडक कालोपत्रेका लागि निर्माण व्यवसायी छनौटको काम सम्पन्न भएको     छ । सडक कालोपत्रेको काम झापाको पूर्वाञ्चल कष्ट्रक्सन जिम्मा पाएको हो । भ्याट बाहेक ५ करोड ४५ लाखमा सडक कालोपत्रे हुनेछ । सडक कालोपत्रे हुने खण्डको प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बुको नेतृत्वमा पूर्वाधार विकास कार्यालय इलामका प्राविधिक कर्मचारी र निर्माण व्यवसायीको सहभागितामा स्थलगत अध्ययनको काम सकिएको छ ।
थप (तस्बिरहरु)  

प्रतिक्रिया
सम्बन्धित समाचार