Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा लागू औषधसहित समिर र मनोज पक्राउ

इलाममा लागू औषधसहित समिर र मनोज पक्राउ

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख २० २०८३


इलाममा लागू औषधसहित समिर र मनोज पक्राउ

इलाम । इलाममा लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको इलाम नगरपालिका–७ का समिर गोले र माइजोगमाई गाउँपालिका–५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी चौकी किटेनीको टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागू औषध फेला पारेपछि पक्राउ गरेको जनाएको छ ।

यसैबीच, लागू औषध नियन्त्रण अभियानअन्तर्गत झापा र सुनसरीबाट समेत थप तीन जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित बुद्धशान्ति गाउँपालिका–४ का प्रदीप दाहाल र अर्जुनधारा नगरपालिका–१ का सुकराज उरावलाई पक्राउ गरेको छ ।

त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का सजिब राईलाई ट्रामाडोल ९० क्याप्सुलसहित उनकै घरबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । प्रहरीले लागू औषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि अभियान तीव्र बनाएको जनाएको छ । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार