Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम च्याम्पियन एनआरटीलाई रोलिङको चुनौती

इलाम च्याम्पियन एनआरटीलाई रोलिङको चुनौती

  • नमीन ढकाल
  • बिहिबार, बैशाख १० २०८३


इलाम च्याम्पियन एनआरटीलाई रोलिङको चुनौती

इलाम । तेश्रो इलाम गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) र रोलिङ क्लब धुलाबारी झापा भिड्दैछन् । अघिल्लो दुवै संस्करण जितेको शहिद स्मारक ए डिभिजन क्लबलाई सी डिभिजन छनौट खेलेको रोलिङले बलियो चुनौती पेश गर्नेछ ।

आजको खेल क्लबको मात्र हैन् एन्फा नेतृत्वको प्रतिष्ठाको बिषय समेत हो । रोलिङ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको टिम हो । एनआरटी एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठको टिम हो । चित्लाङ एफसी माथि संघर्षपूर्ण जित निकाल्दै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

रोलिङले पाँचथर स्र्पोटिङ क्ल्ब माथि ३–० को सहज जित दर्ता गरेको छ । प्राप्त जानकारी अनुसार एनआरटीको टिममा नेपाली राष्ट्रिय टिमबाट खेलेका एक जना खेलाडी थप गरिएको छ । रोलिङले आफ्नो टिममा ४ जना नयाँ खेलाडीहरु समावेश गरेको छ ।

क्लबको हिसाबले इलामको मैदानमा तुलनात्मक रुपले एनआरटी बलियो देखिएपनि रोलिङका खेलाडीहरुले विगतका बर्षहरुमा विभिन्न क्ल्बबाट खेल्दै इलामको मैदानलाई अनुभव गरेका छन् । दुवै टिममा नेपाली सिनिय र उमेर समुहका राष्ट्रिय खेलाडीहरु समावेश भएका छन् ।

गत महिनाबाट रोकिएको राष्ट्रिय लिगमा एनआरटी सातौ स्थानमा रहेको छ । विजेताले मछिन्द्र क्लबसंग उपाधिको लागि खेल्नेछ । मछिन्द्रले सेमिफाइनल खेलमा पथरी–११ मोरङ माथि ५–२ गोल अन्तरको जित निकाल्दै कम्तीमा ५ लाख सुरक्षित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार