इलाम । कोशी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दोमा सहभागि हुने इलामका खेलाडरिुको विदाई गरिएको छ । भोजपुरमा हुने प्रतियोगिताका लागि कार्यक्रम आयोजना गरेर विदाई गरिएको हो । प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई इलाम नगर उपप्रमुख विष्णु लिम्बु दाहाल, तेक्वान्दो जिल्ला अध्यक्ष प्रकाश लिम्बु, रत्नलक्ष्मी आविकी शिक्षिका गंगा भट्टराई लगायतले विदाई गरे ।
प्रतियोगितामा रत्नलक्ष्मी आधारभुत विद्यालयबाट ४० केजीमा एरोज कोइराला, २५ केजीमा रिजन कटुवाल, २० केजीमा संयोग लिम्बु, ३५ केजीमा सृष्टि योङहाङ र ५० केजीमा अलिशा कटुवाल सहभागि हुनेछिन् । त्यसैगरी प्रज्ञा सदनबाट ३० केजीमा सम्याहाङ राई र ४५ केजीमा मेहाङ राई लगायत ५ जना रहेका छन् । प्रतियोगिता बैशाख ११ र १२ गते हुनेछ ।
