Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

तेस्रो इलाम गोल्डकपको ट्रफी सार्वजनिक

तेस्रो इलाम गोल्डकपको ट्रफी सार्वजनिक

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख ४ २०८३


तेस्रो इलाम गोल्डकपको ट्रफी सार्वजनिक

इलाम । तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। प्रतियोगिता आयोजनास्थल ठुलो टुडिखेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत ट्रफी सार्वजनिक गरिएको हो। पूर्व राष्ट्रिय खेलाडी दर्शन भक्तराज, मंगेश बस्नेत, बिनोद श्रेष्ठ तथा आयोजक रेडहर्स फुटबल क्लबका अध्यक्ष सजितसिंह खत्रीले संयुक्त रूपमा ट्रफी अनावरण गरेका थिए ।

 प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लब, पथरी–११ मोरङ, फिदिम स्पोर्टिङ क्लब, रोलिङ क्लब झापा, मछिन्द्र एफसी, एन पेनाङ एफसी ९मलेसिया०, डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुने बताइएको छ। प्रतियोगिताको पुरस्कार राशी अघिल्लो संस्करणकै निरन्तरता स्वरूप यस वर्ष पनि यथावत राखिएको छ। जसअनुसार विजेताले नगद  १० लाख र उपविजेताले नगद  ५ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगितामा खेलाडी, पत्रकार, भोलेन्टीयर, आयोजक र सुरक्षा निकायको २ लाखको बिमा समेत गरिएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा घरेलु टिम रेडहर्स र पथरी–११ भिड्दैछन् । यसअघि आयोजकसंग जर्जियन एफसी भारत भिड्ने तय भएपनि पश्चिम बंगालको निर्वाचनको कारण भारतीय टिम सहभागि हुन नसक्ने भएपछि मोरङलाई सहभागि गराइएको क्लबका सदस्य निरोज खड्गीले जानकारी दिए । प्रतियोगिताको उद्धघाटन इलाम–२ का सांसद सुहाङ नेम्वाङले गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार