Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

च्याम्पियन्स लिगः रियल म्याड्रियलाई हराउँदै बार्यन सेमिफाइनलमा, रियल बाहिरियो

च्याम्पियन्स लिगः रियल म्याड्रियलाई हराउँदै बार्यन सेमिफाइनलमा, रियल बाहिरियो

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख ३ २०८३


च्याम्पियन्स लिगः रियल म्याड्रियलाई हराउँदै बार्यन सेमिफाइनलमा, रियल बाहिरियो

इलाम । च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको रोमाञ्चक प्रतिष्पर्धामा क्वार्टरफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई ४–३ ले हराउँदै समग्रमा ६–४ को जितसहित सेमिफाइनलमा स्थान बनाएको छ। सात गोल, दुई रातो कार्ड र अन्तिम मिनेटसम्मको तनावले भरिएको यस खेलमा बायर्नले ४–३ को नतिजा निकालेको हो।

खेल सुरु भएको ३५ सेकेन्डमै रियल म्याड्रिडले गोल गर्दै सनसनीपूर्ण सुरुवात गरेको थियो। टर्कीका युवा खेलाडी आर्डा गुलरले बायर्नका गोलकिपर म्यानुएल नोयरको गल्तीको फाइदा उठाउँदै टाढाबाट शानदार प्रहार गर्दै गोल गरे।

तर बायर्नले छिट्टै जवाफ फर्कायो। एलेक्जान्डर पाभ्लोभिचले कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाउँदै खेल बराबरीमा ल्याए। पहिलो हाफ अत्यन्तै आक्रामक रह्यो, जहाँ दुवै टोलीले लगातार आक्रमण गर्दै थप गोल गरे।

ह्यारी केनले आफ्नो उत्कृष्ट फर्म जारी राख्दै सिजनको ५०औँ गोल गरे भने केलियन एमबाप्पेले पनि शानदार गोल गर्दै खेललाई थप रोमाञ्चक बनाए। पहिलो हाफ सकिँदा खेल २–२ को बराबरीमा थियो।

दोस्रो हाफ शान्त देखिए पनि अन्तिम केही मिनेटमा नाटकीय मोड आयो। खेल अतिरिक्त समयमा जाने संकेत देखिएका बेला रियलका एडुआर्डो कामाभिङ्गाले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्ड भोगे। उनको बहिर्गमनले खेलको दिशा बदल्यो।

संख्यात्मक फाइदा उठाउँदै बायर्नले अन्तिम क्षणमा दुई गोल ग¥यो। लुइस डियाजले ८९औँ मिनेटमा निर्णायक गोल गरे भने माइकल ओलिसेले इन्जुरी समयमा अर्को गोल थप्दै जित सुनिश्चित गरे।

खेलपछि विवाद पनि चर्कियो। कामाभिङ्गाको रातो कार्डप्रति असन्तुष्टि जनाउँदै रियलका खेलाडी र प्रशिक्षकले निर्णयलाई ‘अन्यायपूर्ण’ भने। यसै क्रममा आर्डा गुलरले पनि रेफ्रीसँग विवाद गरेपछि सिधै रातो कार्ड पाए।

यस जितसँगै बायर्न म्युनिख सेमिफाइनलमा प्रवेश गरेको छ, जहाँ उसले पेरिस सेन्ट–जर्मेनसँग प्रतिस्पर्धा गर्नेछ

प्रतिक्रिया
सम्बन्धित समाचार