Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

बैशाख १ : समयको एउटा कथा

बैशाख १ : समयको एउटा कथा

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १ २०८३


बैशाख १ : समयको एउटा कथा

बैशाख १ को बिहान‘ नयाँ वर्षको पहिलो घामसँगै नेपालले हरेक वर्ष नयाँ आशा बोकेको हुन्छ। तर यो दिन केवल नयाँ सुरुवात मात्र होइन, इतिहासका गहिरा पाना पनि बोकेको दिन हो। समयलाई अलि पछाडि फर्काऔँ‘

१९८२ सालको यही दिन, नेपालले एउटा ठूलो परिवर्तन देख्यो। वर्षौँदेखि चलिरहेको दास प्रथा अन्त्य भयो। तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणा ले साहसिक निर्णय गर्दै हजारौँ मानिसलाई बन्धनबाट मुक्त गराए। त्यो दिन स्वतन्त्रताको सास पहिलो पटक धेरैका लागि वास्तविक बन्यो। समय बग्दै गयो‘

२०१७ साल आयो, र देशको अर्थतन्त्रलाई स्थिर बनाउने एउटा निर्णय गरियो—नेपाली र भारतीय मुद्राबीचको सटही दर तय गरियो, जुन आजसम्म कायम छ। त्यसको अर्को बर्ष २०१८ सालमा नेपाललाई नयाँ स्वरूप दिइयो। देशलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो। प्रशासनिक संरचना स्पष्ट भयो, र विकासको बाटो अझ व्यवस्थित बन्यो। र फेरि आयो २०१९ सालको बैशाख १‘

नवलपरासीको गैँडाकोटमा महेन्द्र राजमार्ग को शिलान्यास भयो। राजा महेन्द्र को हातबाट सुरु भएको त्यो योजना केवल सडक थिएन—त्यो पूर्व र पश्चिम नेपाललाई जोड्ने सपना थियो। आज हामी सजिलै यात्रा गर्न सक्छौँ भने, त्यस दिन राखिएको ढुंगाले नै बाटो खोलेको हो।

समयले फेरि अर्को उपलब्धि देखायो—२०३४ सालमा नेपाल विफर रोगमुक्त देश बन्यो। अनि २०४५ सालमा, राणाकालदेखि चल्दै आएको १२ बजे तोप पड्काउने परम्परा अन्त्य भयो, जसले नयाँ युगको संकेत गर्‍यो।

प्रतिक्रिया
सम्बन्धित समाचार