Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नयाँ वर्षमा पशुपतिनगर–गुफापातालमा पर्यटकको चाप (फोटो फिचर)

नयाँ वर्षमा पशुपतिनगर–गुफापातालमा पर्यटकको चाप (फोटो फिचर)

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख १ २०८३


नयाँ वर्षमा पशुपतिनगर–गुफापातालमा पर्यटकको चाप (फोटो फिचर)

इलाम । नयाँ वर्ष २०८३ को अवसरमा नेपाल–भारत सिमावर्ती क्षेत्र पशुपतिनगर र गुफापाताल मा आज पर्यटकको उल्लेख्य चाप देखिएको छ । नयाँ वर्षलाई स्वागत गर्न देशका विभिन्न स्थानबाट आएका आन्तरिक तथा भारतीय पर्यटकले क्षेत्र भरिभराउ बनेको हो ।

विशेषगरी सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगर नाका र वडा नं ४ मा पर्ने गुफापाताल क्षेत्रमा बिहानैदेखि घुमघाम गर्ने, फोटो खिच्ने र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नेको भीड लागेको छ । चिसो मौसम, हरियाली वातावरण र सीमावर्ती बजारको आकर्षणले यहाँ आउने पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको स्थानीयको भनाइ छ ।त्यसैगरी भरखरै उद्धघाटन गरिएको वडा नं ३ स्थित बुद्धपार्कमा समेत पर्यटकहरु आर्कषित बनेका छन् ।

नयाँ वर्षको पहिलो दिन भएकाले परिवारसहित घुम्न आउने, साथीभाइसँग रमाइलो गर्ने र धार्मिक तथा पर्यटकीय स्थल अवलोकन गर्नेहरूको उपस्थितिले क्षेत्र थप जीवन्त बनेको छ । गुफापातालमा प्राकृतिक गुफा अवलोकन गर्ने र पशुपतिनगरमा किनमेल तथा घुमफिर गर्ने पर्यटकको उत्साह देख्न सकिन्छ ।

स्थानीय व्यवसायीहरूका अनुसार नयाँ वर्षले व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ । होटल, रेष्टुरेन्ट तथा साना पसलहरूमा ग्राहकको चहलपहल बढेको छ । नयाँ वर्षलाई स्मरणीय बनाउने उद्देश्यले यहाँ आएका पर्यटकहरूले इलामको प्राकृतिक सौन्दर्यसँगै सीमावर्ती सांस्कृतिक मिश्रणको पनि अनुभव गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार