Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ८ सय ६७ जनाले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ८ सय ६७ जनाले लिए सेवा

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र ३० २०८२


निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ८ सय ६७ जनाले लिए सेवा

इलाम । इलाम नगरपालिका वडा नं ५ को बरबोटेमा सञ्चालन भएको पाँच दिने निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ८ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन्। इलाम नगरपालिका वडा नं ५ र इलाम नगरपालिकाको संयुक्त आयोजना तथा हेल्पिङ हेण्ड्स हेल्थ एजुकेशन युएसएको प्राविधिक सहयोगमा आयोजित शिविर बुधबारदेखि सुरु भई सम्पन्न भएको हो।

शिविरमा इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकाका सर्वसाधारणले सेवा लिएका थिए। शिविरमा आँखा परीक्षणसँगै चश्मा वितरण तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै जेनेरल फिजिसियन सेवा, पाठेघरको मुखको क्यान्सर सम्बन्धी भीआईए स्क्रिनिङ, दन्त रोग, बाल रोग तथा इसिजी सेवा समेत प्रदान गरिएको थियो।

आँखाको जटिल शल्यक्रिया आवश्यक पर्ने ७२ जना बिरामीलाई काँकडभिट्टास्थित मेची नेत्रालयमा रेफर गरिएको वडा अध्यक्ष काजीबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती बिरामीलाई आवतजावत र बसोबाससहित निस्शुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ।

शिविरमा अमेरिकन विशेषज्ञ डाक्टरसहितको टोलीले सेवा प्रदान गरेको थियो। समापन कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले सेवा प्रदान गर्ने डाक्टर, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार