Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम–झापा मैत्री समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन

इलाम–झापा मैत्री समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र ३० २०८२


इलाम–झापा मैत्री समाजको नयाँ कार्यसमिति सर्वसम्मत चयन

इलाम । इलाम झापा मैत्री समाज को वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले तिलोतमा खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी सुम्पिएको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा नरेश कर्माचार्य र सीता मगर न्यौपाने चयन भएका छन् भने महासचिवमा शिव खनाल, सचिवमा टिकाराम दवाडी र कोषाध्यक्षमा रेश बहादुर बस्नेत चयन भएका छन्।

यसैगरी सदस्यहरूमा अम्बिका शर्मा उप्रेती, मोहन पराजुली, सचिन खडगी, दिपेश वैद्य, जीवन तामाङ, किरण प्रसाद सुवेदी, कल्पना आचार्य, केशव ढुङ्गाना, दीर्घराज रैका र भूमिका फियाक लिम्बू चयन भएका छन्।

समाजका पदाधिकारीहरूले इलाम र झापा बीचको सामाजिक, सांस्कृतिक तथा आपसी सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार