Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम नगर वातावरण, संस्कृति तथा पर्यटनमा उत्कृष्ट नगरपालिका घोषित

इलाम नगर वातावरण, संस्कृति तथा पर्यटनमा उत्कृष्ट नगरपालिका घोषित

  • सन्देश सम्बाददाता
  • बिहिबार, चैत्र २६ २०८२


इलाम नगर वातावरण, संस्कृति तथा पर्यटनमा उत्कृष्ट नगरपालिका घोषित

इलाम । नेपाल नगरपालिका संघ द्वारा आयोजित ३३औं वार्षिक उत्सव समारोहमा इलाम नगरपालिका वातावरण, संस्कृति तथा पर्यटन विधामा उत्कृष्ट नगरपालिका घोषित भएको छ। संघले प्रदान गरेको विभिन्न पाँच विधामध्ये उक्त विधामा इलाम नगरपालिकाले उत्कृष्टता हासिल गरेको हो।

सोही विधामा गोदावरी नगरपालिका सँग समान ८५/८५ अंक प्राप्त गर्दै इलामले संयुक्त रूपमा पहिलो स्थान हासिल गरेको जनाएको छ। कार्यक्रममा डोलप्रसाद अर्याल ले विजेता स्थानीय तहहरूलाई पुरस्कार वितरण गरेका छन् । । इलाम नगरपालिकाको तर्फबाट नगर प्रमुख केदार थापाले पुरस्कार ग्रहण गरे ।

यसैगरी, अन्य विधातर्फ हलेसी तुवाचुङ नगरपालिका (संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन), मन्थली नगरपालिका (स्थानीय आर्थिक विकास), मटिहानी नगरपालिका (सामाजिक विकास) तथा पोखरा महानगरपालिका (योजना तथा पूर्वाधार विकास) पुरस्कृत भएका छन्। पछिल्लो समय इलाम नगरपालिका वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन तथा पर्यटन विकासमा देशकै उत्कृष्ट कार्य गर्ने स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार