Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तेश्रो इलाम गोल्डकप : उद्धघाटन खेलमा रेडहर्स र जर्जियन भिड्ने

तेश्रो इलाम गोल्डकप : उद्धघाटन खेलमा रेडहर्स र जर्जियन भिड्ने

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २४ २०८२


तेश्रो इलाम गोल्डकप : उद्धघाटन खेलमा रेडहर्स र जर्जियन भिड्ने

इलाम । तेश्रो इलाम गोल्डकपको उद्धघाटन खेलमा आयोजक रेडहर्स एफसी र जर्जियन एफसी भारत भिड्ने भएका छन् । रेडहर्स फुटबल क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको हो ।

बैशाख ५ गतेबाट १२ गतेसम्म संचालन हुने प्रतियोगितामा राष्ट्रिय लिगका सहभागि ३ क्लब सहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा बैशाख ६ गते फिदिम स्र्पोटिङ क्लब र रोलिङ क्ल्ब झापा भिड्दैछन् ।

बैशाख ७ गते मछिन्द्र एफसी र एन पेनाङ एफसी मलेसिया भिड्नेछन् । अन्तिम क्वाटरफाइनल खेलमा बैशाख ८ गते डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र चित्लाङ एफसी भिड्ने तय भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ७८ लाख १० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । आयोजक रेडहर्सं फुटबल क्ल्बका सदस्य एवम अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले सहभागित पत्रकारहरुको प्रश्नको जवाफ दिएका थिए ।

उनले यस बर्ष नेपाली राष्ट्रिय टिमका अधिकांश खेलाडीहरु इलाम गोल्डकपमा सहभागि हुने बताए । उनले प्रतियोगिताको मूख्य आर्कषणको रुपमा मलेसियन टिम रहने बताए । केही नेपाली सहित अधिकाँश युरोपियन, ब्राजिल लगायतका देशका खेलाडीहरु मलेसियाले आफ्नो टिममा लिएर आउने उनले जानकारी दिए ।

खड्गीले यस बर्ष राष्ट्रिय खेलकुद परिषदको निर्णय अनुसार खेलकुद ऐन अनुसार श्रम स्विकृति लिएका विदेशी खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने बताए । यसअघिका संस्करणमा आयोजकले विदेशी खेलाडीहरुको श्रम स्विकृति नलिएका खेलाडीहरुलाई समेत सहभागिता जनाउन दिएको थियो ।

खड्गीले प्रतियोगिता मात्र संचालन नगरि भविष्यका लागि खेलाडी उत्पादनमा समेत लगानी गर्ने रेडहर्स क्ल्बको लक्ष्य भएको बताए । सहभागि टिमका खेलाडीहरुलाई इलाम बसाईमा सहजताका निम्ती होटलहरुसंग सहकार्य भएको बताए ।

१० हजार दर्शक बस्न मिल्ने गरि बाँसको पारापिट आयोजकले निर्माण गरिरहेको उनले बताए । प्रतियोगितामा गैर आवासिय नेपाली संघ (एनआरएनए) को मुख्य प्रायोजना रहेको छ ।

प्रतियोगिताको पुरस्कार राशीमा हेरफेर गरिएको छैन् । दोश्रो संस्करणमा झै यस बर्ष विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार