Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

युवा जुटेर बनाए हर्कटे- तारगाँउ बाटो, नगरपालिकाले प्रतिवद्धता कार्यान्वयन नगरेको गुनासो

युवा जुटेर बनाए हर्कटे- तारगाँउ बाटो, नगरपालिकाले प्रतिवद्धता कार्यान्वयन नगरेको गुनासो

  • गोविन्द पौडेल
  • आइतबार, भाद्र १० २०७५


युवा जुटेर बनाए हर्कटे- तारगाँउ बाटो, नगरपालिकाले प्रतिवद्धता कार्यान्वयन नगरेको गुनासो

रोङ । सुर्योदय नगरपालिकाले एकसातामा अवरुद्ध सडक खोल्ने प्रतिबद्धता गरेपनि दुइसाता सम्म नगरेपछि युवाहरुकै सक्रियतामा मर्मत गरि संचालनमा ल्याएका छन । बिगत केही महिना अघि सुर्योदय नगरपालिका वडा नं ६ ले हर्कटे तारगाउ सडक निमार्ण गर्दा पहिरोले सडक अवरुद्ध बनाएको थियो

स्थानिय बासीहरुले नगरपालिकाको काममा सहयोग गर्ने साथै बाटो निमार्ण समितिले तल्लो बाटोबाट ढुङ्गा निकालेर माथिको बाटोमा नलैजाने सहमति गत श्रावण २७ गते भएपनि अवरुद्ध सडक खुलाउन नगरपालिकाले कुनै प्रयास नगरेको कारण तारगाउका युवाहरुको सक्रियतामा बाटो मर्मत गरि खुलाईको स्थानिय किशोर निरौलाले बताए ।

सडकमा निकालीएको ढुङ्गा हर्कटे-तारगाउ- जिर्मले सडकमा लैजाने गरेपछि सडक निमार्ण समिति र स्थानिय युवाहरु बिच भएको बिबादलाइ समाधान गर्न साविक कन्याम–४ का वडाध्यक्ष कमल पौडेल र युवाहरुको तर्फबाट प्रकास गुरुङ्ग सहितको टोली बिच एक हप्तामा अवरुद्ध सडक संचालन गर्न नगरपालिकाले प्रक्रिया शुरु गर्ने सहमती भएपनि कार्यान्वय भएन ।

यदि नगरपालिकाले उक्त सडक मर्मत गर्न नसक्ने र नचाहने हो भने आफुहरुलाइ सडक मर्मत र संचालनको जिम्बेवारी लिखित रुपमा दिने हो भने सडक नागरिक स्तरबाट नै बिना बजेट नियमित संचालनको जिम्बेवारी आफुहरुले लिने स्थानिय प्रकास गुरुङ्गले बताए

प्रतिक्रिया
सम्बन्धित समाचार