फिक्कल । इलामका संचारकर्मी राजेश पराजुली नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । चितवनको राप्ती नगरपालिका भण्डारामा सम्पन्न भएको महासंघको तेस्रो केन्द्रीय महाधिवेशनले पराजुलीलाई सर्वसम्मत रुपमा केन्द्रीय सचिवमा निर्वाचित गरेको हो ।
पराजुलीले यस अघि चितवनकै सौराहामा सम्पन्न दोस्रो महाधिवेसनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । महासंघको अध्यक्ष पदमा हरि प्रसाद रेग्मी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा दीपक ज्ञवाली र गजेन्द्र राई चयन भएका छन् । महासचिवको जिम्मेवारी भरत ढकालले पाएका छन् । सचिव पदमा पराजुलीसंगै बाबुराम भण्डारी, जितलाल श्रेष्ठ, प्रविन बराल, दीपक गुरुङ, कोमलचन्द्र भगत र विशाल सुनार चयन भएका छन् । कोषाध्यक्षमा निश्चल शर्मा चापागाईं चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा अमर बानियाँ, रावल कुमार गुप्ता, दिलिप डल्लाकोटी, विरस बाबु साही, नसिम अन्सारी, श्रवण थापा, महेश आचार्य, सुनील पराजुली र नवीन पाण्डे चयन भएका छन् । अधिवेशनमा धेरै पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएको बताइएको छ ।
नवगठित कार्यसमितिले फोटो पत्रकारहरूको अधिकार संरक्षण, पेशागत सुरक्षाको सुनिश्चितता, क्षमता विकास र संस्थाको सुदृढीकरणमा जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।