Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पूर्ण खोप तथा दिगोपनाका लागि सूर्योदय नगरपालिका–११ मा कार्यक्रम

पूर्ण खोप तथा दिगोपनाका लागि सूर्योदय नगरपालिका–११ मा कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १८ २०८२


पूर्ण खोप तथा दिगोपनाका लागि सूर्योदय नगरपालिका–११ मा कार्यक्रम

सूर्योदय नगरपालिका–११ पूर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम गरिएको छ । यसअघि नै पूर्ण खोप वडा घोषणा भएको वडा नं ११ ले दिगोपनाका लागि छलफल र अन्तरक्रिया कार्यक्रम गरेको हो ।

वडाभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका आवश्यक खोपहरू प्राप्त गरेको सुनिश्चित भएपछि थप प्रभावकारी बनाउन हरेक बर्ष कार्यक्रम गरिदै आएको वडा सचिव रोशन राईले जानकारी दिए ।

वडाध्यक्ष सन्तोष राईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा खोपको महत्व, बालबालिकाको स्वास्थ्य सुरक्षामा यसको भूमिका तथा खोप छुटेका बालबालिकालाई समेत समेट्ने प्रयासबारे जानकारी दिइएको थियो ।

दिगोपनाका लागि नियमित अनुगमन, अभिलेख व्यवस्थापन र समुदायको सक्रिय सहभागिताको लागि कार्यक्रम गरिएको वडाध्यक्ष राईले जानकारी दिए । सबै लक्षित बालबालिकाको पहिचान, खोपको पहुँच विस्तार तथा सचेतना कार्यक्रममार्फत यो उपलब्धि हासिल भएको उनले जानकारी दिए।

बसाइँसराइ, जन्मदर तथा अन्य कारणले खोपबाट छुट्न सक्ने बालबालिकालाई समेट्न निरन्तर प्रयास वडाले राखिरहेको छ । सूर्योदय नगरपालिकाको १४ वटै वडा गत बैशाख अघि नै पूर्ण खोप सुनिश्चित भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार