इलाम । इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा शुक्खा पहिरो झरेपछि साँझाट मेची राजमार्ग अवरुद्द भएको छ ।
सडक खन्दै गरेको भन्दा ३०–४० मिटर माथीबाट ढुङ्गा सहितको शुक्खा पहिरो झरेपछि मेची राजमार्ग अवरुद्द भएको हो । पहिरोले इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नं को गोलिया बोकेको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मि भण्डारी जानकारी दिए ।
ट्रक पुरिँदा मानविय क्षति नभए पनि बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । बाटो खुलाउनको लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।