Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

करफोक क्याम्पससँग छोरी बुहारी छात्रवृत्ति कार्यक्रमको संझौता (तस्बिरहरु)

करफोक क्याम्पससँग छोरी बुहारी छात्रवृत्ति कार्यक्रमको संझौता (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • सोमबार, चैत्र २ २०८२


करफोक क्याम्पससँग छोरी बुहारी छात्रवृत्ति कार्यक्रमको संझौता (तस्बिरहरु)

करफोक । सूर्योदय नगरपालिका वडा नम्बर १२ स्थित करफोक विद्यालयमा आयोजित छोरी–बुहारी छात्रवृत्ति सम्झौता भएको छ । कार्यक्रममा सुर्योदय नगरपालिका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालको उपस्थितमा छोरी–बुहारी छात्रवृत्ति सम्झौता भएको हो । सुर्योदय नगरपालिकाले विगत ८ वर्षदेखि करफोक क्याम्पससँगको संझौतामा उच्च शिक्षा अध्ययनका लागि छोरिबुहारी छात्रवृति कार्यक्रम गर्दै आएको छ ।
समाजको समुन्नति, समान अवसर र समावेशी विकासका लागि छोरी तथा बुहारीहरूको शिक्षा अत्यन्तै महत्वपूर्ण विषय भएको भन्दै सुर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ बाट नै छोरी बुहारी शिक्षा संचालन गर्र्दै आएको छ । शिक्षित छोरी र सश बुहारीले परिवार मात्र होइन, समाज र राष्ट्रको भविष्यलाई नै उज्यालो बनाउने विश्वास लिएको कार्यवाहाक नगर प्रमुख दुर्गाकुमार दाहालले बताए ।
सूर्योदय नगरपालिकाले शिक्षा, समानता र महिला सशक्तिकरणलाई केन्द्रमा राखेर अघि बढाइरहेको नीतिअन्तर्गत यस्तो कार्यक्रमले स्थानीय तहबाटै सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्दै आएको कार्यक्रममा यस वर्ष २८ जना विद्यार्थीसँग संझौता भएको छ । छोरी–बुहारी छात्रवृत्ति सम्झौता कार्यक्रममा सुर्योदय नगरपालिका २ का अध्यक्ष डिक बहादूर बम्जन, महिला वालबालिका तथा समाजकल्याण शाखाका शाखाका प्रमुख तारा सेर्पा, करफोक क्याम्पसका प्रमुख गोपाल कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार