इलाम । इलामको सूर्योदय नगरपालिका–९ पान्दाममा आगलागी हुँदा दुई वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीयका अनुसार शुक्रबार भएको आगलागीमा दुई परिवारका घर तथा भान्सा घर जलेर पूर्ण रूपमा क्षति पुगेको हो।
आगलागीबाट स्थानीय पासाङ लामाको एक भान्सा घर र एक मुख्य घर जलेर पूर्ण रूपमा नष्ट भएको छ
स्थानीय प्रेम लामाको दुई वटा भान्सा घर र एक मुख्य घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीका कारण दुवै घरमा रहेका कुनै पनि सामान बाहिर निकाल्न नसकिएको स्थानीयले बताएका छन्। प्रेम लामाको घरमा भाडामा बस्दै आएका तीन परिवारका घरायसी सामानसमेत आगलागीमा नष्ट भएको बताइएको छ।
घटनापछि सूर्योदय नगरपालिका को दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीले आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए। तर आगो तीव्र रूपमा फैलिएकाले नियन्त्रणमा लिन कठिन भएको जनाइएको छ।
घटनास्थलमा दुर्गा बराल लगायत जनप्रतिनिधि तथा वडा नम्बर ९ र ३ का प्रतिनिधिहरूको समेत उपस्थितिमा आगो नियन्त्रणको प्रयास गरिएको थियो।
प्रारम्भिक जानकारी अनुसार खाना पकाउने दाउरा चुलोबाट आगलागी सुरु भएको हुन सक्ने अनुमान गरिएको छ।आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाए
