Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

इलाममा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १५ २०८२


इलाममा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

फिक्कल : गैरसरकारी संस्था महासंघ इलाम र महिला कानुन र विकास मञ्चको आयोजनामा इलाममा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्र्तगत आज सूर्योदय नगरपालिका-१० फिक्कल स्थित फेन्सोङ गुम्बा परिसरमा सम्पन्न गरिएको छ ।

पाँच पालिकामा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत तीन पालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ भने दुई पालिकामा हुने तयारी भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम अनुसार इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सूर्योदय नगरपालिकामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भइसकेको छ।

बाँकी कार्यक्रम देउमाई नगरपालिकामा फागुन १६ गते र माईजोगमाई गाउँपालिकामा फागुन १७ गते सञ्चालन गरिने तय गरिएको छ। मतदाता शिक्षाको लक्षित वर्गका रूपमा महिला, सिमान्तकृत समुदाय, पहिलो पटक मतदान गर्न लागेका मतदाता, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समेटिएको छ। कार्यक्रममा सहभागीहरूलाई मतदान प्रक्रियाबारे जानकारी, मतपत्र प्रयोग गर्ने तरिका तथा नमुना मतदान अभ्यास गराइएको थियो।

गैरसरकारी संस्था महासंघ इलामका अध्यक्ष भक्त थामीका अनुसार प्रत्येक पालिकामा ५० जना सहभागी गराउने लक्ष्य राखिएको भए पनि उत्साहजनक सहभागिताका कारण ६० जनाभन्दा बढीले नमुना मतदानमा भाग लिएका छन्। उनले समुदायस्तरमै मतदाता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको र यसले समावेशी तथा सचेत सहभागितामा टेवा पुग्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार बाँकी पालिकामा हुने कार्यक्रममार्फत पनि लक्षित वर्गलाई मतदानसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार