Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु

रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु

  • लोकल सन्देश
  • बिहिबार, फाल्गुन १४ २०८२


रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु
  • प्रचण्डले झापा ५ का उम्मेदवार रञ्जित तामाङलाई फोन गरेर चुनाव जित्न हौसला दिए।
  • प्रचण्डले तामाङलाई ढुक्क भएर निर्वाचन अभियानमा लाग्न र जिते मन्त्री बनाउने आश्वासन दिए।
  • प्रचण्डले बाहिरका हल्लाको पछि नलाग्न र दुई प्रधानमन्त्रीलाई हराएर आउन आग्रह गरे।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् । बिहीबार संयोजक प्रचण्डले तामाङलाई फोन गरेका हुन् । तामाङलाई फोन गर्दै उनले ढुक्कसँग निर्वाचन अभियानमा लाग्न र जितेर आए मन्त्री बनाउने आश्वासन समेत दिएका छन् ।

प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस् । ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्। दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनुस् मन्त्री बनाउँछु।’ तामाङले सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार