Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ

फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १३ २०८२


फिक्कलबाट ७ पोका ब्राउन सुगर सहित तामाङ पक्राउ

फिक्कल : इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट ब्राउन सुगर सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फिक्कल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद सापकोटाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरी बल आइतबारेको टोलीले बुधबार दिउँसो ७ पोका ब्राउन सुगर सहित सूर्योदय नगरपालिका-९ का २९ बर्षीय बुद्ध तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी नायब निरीक्षक सापकोटाका अनुसार पक्राउ परेका ब्यक्तिको साथबाट बरामद भएको ब्राउन सुगरको मात्रा शुन्य दशमलब २०० मिलिग्राम रहेको छ । प्रहरीले पक्राउ गरिएका तामाङ लागु औषध कारोबारी हुन सक्ने जनाएको छ । तामाङलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार