Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

ओली भन्छन्- पैसाले धनी बनाउँदैन, पैसाले विकास गर्ने होइन

ओली भन्छन्- पैसाले धनी बनाउँदैन, पैसाले विकास गर्ने होइन

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ९ २०८२


ओली भन्छन्- पैसाले धनी बनाउँदैन, पैसाले विकास गर्ने होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाले धनी बनाउने नभई संकल्पले बन्ने बताएका छन् । शनिबार निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘पैसाले धनी बनाउने होइन, पैसाले विकास गर्ने होइन,’ ओलीले भने, ‘विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ । विकास भएपछि पैसा कमाइन्छ ।’ अर्बौँ जनसंख्या भए पनि गरिब रहेको चीनले गरिबी हटाएको ओलीले दाबी गरे ।

‘डेढ अर्ब जनसंख्यालाई गरिबीबाट हटाएको छ । अहिले गर्वसँग गरिबी निवारण गरेको भन्छ । चीनसँग पैसा भएर गरिबी हटाएको हो र ?,’ उनले भने । त्यस कारण आफूले म बनाउँछु मेरो देश भन्ने नारा दिएको उनले बताए । उनले भने, ‘अब सिंगो देशले भन्नुपर्छ म बनाउँछु मेरो देश । अब यो मेरो मात्र नारा होइन ।’ देश नेपालीकै संकल्पले बन्ने उनले बताए ।

‘यो देश हाम्रो संकल्पले बन्ने हो, पैसाले हुन्न । गर्छु, म सक्छु भनेर हिम्मत गरेपछि सकिन्छ,’ उनले भने । दुई वर्षभित्र मेचीदेखि महाकालीसम्म मदन भण्डारी राजमार्ग बनाउन सकिएको उनले दाबी गरे । ‘केही वर्षभित्र नेपाललाई सडकमय बनाउन सकिँदो रहेछ । खेतहरूमा सिँचाइ पुर्‍याउन सकिँदो रहेछ । हामीले पुर्‍याएका छौँ,’ ओलीले भने । गफ गरेर पनि देश नबन्ने उनले बताए । उनले अगाडि भने, ‘देश बनाउन कङ्क्रिट योजना चाहिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार