- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
- बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ।
- कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।