माई । इलामको दक्षिणी क्षेत्र मार्इ नगरपालिकामा सुविधा सम्पन्न पेट्रोल पम्प संचालनमा आएको छ । स्थानिय भक्त लुङगेली र भक्त काफ्लेले १ करोड २० लाखको लागतमा मार्इ नगरपालिका-२ नमस्ते चाेकमा गरुवा आयल सप्लार्यसको नाममा पम्प संचालनमा ल्याएका हुन । प्रदेश नं १ का प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा रमण र मार्इ नगरपालिका प्रमुख दिपककुमार थेवेले संयुक्त रुपमा पम्पको उद्धघाटन गरेका हुन् ।

२०७३ असार २६ गते लाइसेन्स लिएता पनि प्राविधिक कारणले पम्प संचालनमा ढिलाई भएको संचालक लुङगेलीले बताए । तत्काल पेट्रोल र डिजेल गरी ३६ हजार लिटर भण्डार क्षमता रहेको पम्पलाई आवश्यक्ता अनुसार क्षमता बृद्धि गर्दै लगिने लुङगेली बताए । ढुवानीका कारण डिजेल र पेट्रोलको मुल्यमा झापाको विर्तामोडको तुलनामा ५५ पैसा महंगो पर्ने भएको लुङगेलीकाे भनार्इ छ । स्थानिय स्तरमा नै पम्प संचालनमा आएपछि बोतलको महंगो तेल किन्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा रहेको स्थानिय दिपक मगर बताउँछन ।