Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर

काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ ३० २०८२


काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर
  • काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान विश्वकै प्रदूषित सहरको सूचीमा चौथो स्थानमा पुग्यो।
  • आईक्यू एयरका अनुसार काठमाडौंको वायुको गुणस्तर अस्वस्थ रहेको छ, जहाँ एक्यूआई १८८ मापन गरिएको छ।
  • प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका पहिलो, पाकिस्तानको लाहोर दोस्रो र अफगानिस्तानको काबुल तेस्रो स्थानमा छन्।

काठमाडौँ । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौँ बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो ।

आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौँ बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१।७ गुणा बढी रहेको छ ।

विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा रहेको छ ।
यस्तो छ शीर्ष १० सबैभन्दा प्रदूषित सहरको सूची :

 

प्रतिक्रिया
सम्बन्धित समाचार