Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

नसर्ने रोग सम्बन्धी जिल्ला स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नसर्ने रोग सम्बन्धी जिल्ला स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • सन्देश सम्बाददाता
  • शुक्रबार, माघ २४ २०८२


नसर्ने रोग सम्बन्धी जिल्ला स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फिक्कल। नसर्ने रोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र आइतबारे, इलामको आयोजनामा करफोक माध्यमिक विद्यालयको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो।  प्रतियोगितामा इलाम जिल्लाका विभिन्न स्थानीय तहका २० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा खान्द्रुङ माध्यमिक विद्यालयका मन्जिल निरौलाले प्रथम स्थान हासिल गरेका छन्। शान्ति निकेतन माध्यमिक विद्यालय, रोङ गाउँपालिकाकी अजिता राईले दोस्रो तथा शान्तिपुर माध्यमिक विद्यालयकी लुना भुजेलले तेस्रो स्थान प्राप्त गरे।  त्यसैगरी बालमण्डल माध्यमिक विद्यालयका ललित राया चौथो र पूण्य स्मारक माध्यमिक विद्यालय, गोदकका मनिषा पाख्रिन पाँचौँ स्थानमा रहन सफल भइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड प्राप्त गरेका छन्। चौथो र पाँचौँ स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागी सबै विद्यार्थी तथा विद्यालयहरूलाई कदरपत्र वितरण गरिएको आयोजकले जनाएको छ। विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख सरोज विशालको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार