Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साङ्गरुम्बा कप : छिंगु र झापा बिजयी

साङ्गरुम्बा कप : छिंगु र झापा बिजयी

  • लोकल सन्देश
  • आइतबार, माघ १२ २०८२


साङ्गरुम्बा कप : छिंगु र झापा बिजयी

साङ्गरुम्बा : स्वर्गीय केशरानी लिम्बुनी स्मृति चौथो साङ्गरुम्बा कपको तेश्रो दिन जित निकाल्दै छिंगु स्र्पोटिङ क्लब र इओएच बुधाबारे झापा बिजयी बनेका छन् । आजको पहिलो खेलमा छिंगुले गत संस्करणको सिम्ले एफसीलाई २–० ले हराएको छ । छिंगुले दुबै गोल सुरुवाती ११ मिनेटमा गरेको थियो ।

दोश्रो खेलमा झापाले नाम्तोक एफसी फाक्तेप पाँचथरलाई १–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा झापाले दोश्रो हाफमा निर्णायक गोल गरेको थियो । प्रतियोगिता अन्र्तगत चौथो दिन ३ वटा खेल हुनेछ । पहिलो खेलमा साङ्गरुम्बा मावि र काब्राबोटे भिड्नेछन् ।

दोश्रोमा वाइबिसी तालखर्क र इओएच झापा भिड्नेछन् । तालखर्कले आयोजकलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा आरवाइसी देउमाई–६ र नवविहानी माई नगरपालिका भिड्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार