Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एसईई चैत १९ गतेदेखि

एसईई चैत १९ गतेदेखि

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ ९ २०८२


एसईई चैत १९ गतेदेखि
  • एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने भएको छ।
  • परीक्षा शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण ढिला भएको हो।
  • परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय भएको जानकारी दिए।

काठमाडौं । कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।

परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।

त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवसीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।
कुन दिन कुन परीक्षा हेर्नुहोस् तालिका

प्रतिक्रिया
सम्बन्धित समाचार