Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णय

सूर्योदय नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णय

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १ २०८२


सूर्योदय नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णय

इलाम — सरकारले इलामको सूर्योदय नगरपालिकामा नापी कार्यालय र मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत भएको निर्णयसँगै स्थानीयवासीको लामो समयदेखिको माग पूरा हुने भएको छ ।

सूर्योदय नगरपालिकाका जनप्रतिनिधिहरूले विगतदेखि नै नापी र मालपोत कार्यालय स्थापनाको माग गर्दै आएका थिए। जग्गा नापजाँच, नामसारी, दाखिला–खारेज, धितो तथा अन्य भूमि सम्बन्धी सेवा लिन इलाम सदरमुकामसम्म पुग्नुपर्ने बाध्यताले सेवाग्राहीहरू समस्यामा पर्दै आएका थिए ।

कार्यालय स्थापना भएपछि सूर्योदय नगरपालिकाका बासिन्दाका साथै माईजोगमाई र रोङ गाउँपालिकाका नागरिकहरूलाई पनि प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। अब सामान्य सेवा लिन पनि टाढा यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने स्थानीयवासीहरूले बताएका छन्।

सूर्योदय नगर प्रमुख रणबहादुर राईले सरकारको निर्णयलाई स्वागत गर्दै यसले सेवा प्रवाह सहज, छरितो र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। साथै, भूमि व्यवस्थापन, राजस्व संकलन तथा प्रशासनिक कामकाजमा समेत सुधार आउने उनको भनाइ छ।

सरकारको निर्णयसँगै आवश्यक संगठन संरचना, दरबन्दी स्वीकृति तथा भौतिक पूर्वाधार व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने जनाइएको छ। सूर्योदयमा सेवा प्रवाहका लागि मालपोत कार्यालयमा एक जना मालपोत अधिकृत, २ जना नायब सुब्बा, २ जना कम्प्युटर अपरेटर, २ जना खरिदार र २ जना कार्यालय सहयोगीको दरबन्दी तोकेको छ ।

त्यसैगरी नापी कार्यालयका लागि १ जना नापी अधिकृत, २ जना सर्वेक्षक, १ जना सहलेखापाल, २ जना अमिन र २ जना कार्यालय सहयोगी गरि ८ जनाको दरबन्दी तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार