पौवासारताप । सातौं सुनाखरी गोल्ड कप–२०८२ अन्र्तगत दोश्रो दिन ४ खेल हुँदैछ । प्रि–क्वाटरफाइनलको तेश्रो खेलमा डिएनएफसी चमैता र त्रिवेणी युथ क्लब भिड्दैछन् । प्रतियोगिताको चौथो प्रि–क्वाटरफाइनलमा ब्राइट स्टार फाक्तेप र एकेएफसी चिलिङदिन तथा पाँचौ प्रि–क्वाटरफाइनलमा गुम्बाडाँडा एफसी र टु स्टार इम्बुङ भिड्दैछन् ।
आजको अन्तिम खेलमा तमाखे एफसी र सिलौटी भिड्दैछन् । कक्फेक्वा तङ्नाम–५०८५ तथा सोनाम ल्होसारको पावन अवसर सुनाखरी युथ क्लब फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापले स्वर्गीय प्रसाद सिङ्दन तामाङ र स्वर्गीय बिमाया सिङ्दन तामाङको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो ।
माघ ५ गतेसम्म अमर नेम्वाङ स्मृति खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।