Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय जेसिजको अध्यक्षमा अधिकारी

सुर्योदय जेसिजको अध्यक्षमा अधिकारी

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २९ २०८२


सुर्योदय जेसिजको अध्यक्षमा अधिकारी

इलाम । सुर्योदय जेसिजको पाँचौँ साधारणसभाबाट बर्ष २०२६ का लागि बिबेश अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी कबिन सापकोटा निवर्तान अध्यक्ष चयन भएका छन् । कार्यकारिणी उपाध्यक्षमा डेनिस गुरुङ र सरोज राई निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिअन्तर्गत नवीन आचार्य कानुनी सल्लाहकार, बिनोर पोख्रेल महासचिव तथा रोबित खड्का कोषाध्यक्ष चयन भएका छन्। उपाध्यक्षहरूमा निश्चल श्रेष्ठ, अजित गुरुङ, दिवस प्रधान र पुकार पौडेल निर्वाचित भएका छन् ।

यसैगरी, प्रकरण निर्देशकमा पंकज प्रधान, जनसम्पर्क अधिकारीमा अलिस खड्का, खेलकुद संयोजकमा सचिन वाईवा, स्वास्थ्य संयोजकमा अशिम तिम्सिना, मिडिया संयोजकमा विशाल गुरुङ, कार्यक्रम संयोजकमा उर्गेन बम्जन तथा अतिथि सत्कार संयोजकमा वाङ्चु योल्मो चयन भएका छन् ।

साधारणसभामा बोल्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले युवाको नेतृत्व विकास, सामाजिक सेवा, उद्यमशीलता प्रवर्द्धन र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार