Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौँ : झलनाथ खनाल

बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौँ : झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस २७ २०८२

बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौँ : झलनाथ खनाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउने बताएका छन् ।

जेनजी रेडफोर्सले आयोजना गरेको आईतवार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले पार्टीको अबको लक्ष्य निर्वाचनमा बहुमत ल्याउने रहेको बताए ।

बहुमत ल्याएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरेर वैज्ञानिक समाजवादको दिशातर्फ देशलाई लैजाने उनले बताए । उनले सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने पनि दाबी गरे।

नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारलाई जिताउनको लागि देशभर तयारी थाल्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार