Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेश पर्यटन विकास गुरु योजना तर्जुमा सम्बन्धी पहिलो बैठक सम्पन्न

कोशी प्रदेश पर्यटन विकास गुरु योजना तर्जुमा सम्बन्धी पहिलो बैठक सम्पन्न

  • सन्देश सम्बाददाता
  • शनिबार, पौस २६ २०८२


कोशी प्रदेश पर्यटन विकास गुरु योजना तर्जुमा सम्बन्धी पहिलो बैठक सम्पन्न

इलाम। कोशी प्रदेश योजना आयोगद्वारा आयोजना गरिएको कोशी प्रदेश पर्यटन विकास गुरु योजना (१० वर्षे) तर्जुमा सम्बन्धी पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा कोशी प्रदेश मन्त्रिपरिषद् कार्यालयका सचिव, आर्थिक तथा योजना मन्त्रालयका सचिव, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको सहभागिता रहेको थियो। साथै कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सह–संयोजक कृष्ण शाह, भविस कुमार श्रेष्ठ र डा. प्रणिल नेपाल सदस्य रहेको एक समिति समेत गठन गरिएको छ।

बैठकमा योजना आयोगका उपाध्यक्षद्वारा प्रस्तुत अवधारणा पत्रमाथि प्रारम्भिक छलफल गरिएको थियो। गुरु योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउन विभिन्न सरोकारवाला निकायसँग समन्वय र छलफललाई व्यवस्थित गर्दै योजना लेखनको कार्य अघि बढाउने उद्देश्यसहित उप–समिति गठन गरिएको छ। उक्त उप–समितिको संयोजकमा योजना आयोगका  सदस्य किशोर थुलुङ चयन भएका छन् । सदस्यहरूमा कृष्ण शाह, डा. प्रणिल नेपाल र कृष्ण न्यौपाने रहेका छन् ।

दश वर्षे पर्यटन विकास गुरु योजनाले कोशी प्रदेशको समग्र पर्यटन सम्भावना, पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा दिगो पर्यटन विकासको स्पष्ट खाका कोर्ने अपेक्षा गरिएको छ। योजना कार्यान्वयनसँगै कोशी प्रदेशलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार