Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

धिरेन्द्र शर्मा ‘रमण’द्वारा नेकपा परित्याग, प्रलोपा आबद्ध हुने तयारी

धिरेन्द्र शर्मा ‘रमण’द्वारा नेकपा परित्याग, प्रलोपा आबद्ध हुने तयारी

  • सन्देश सम्बाददाता
  • बिहिबार, पौस २४ २०८२


धिरेन्द्र शर्मा ‘रमण’द्वारा नेकपा परित्याग, प्रलोपा आबद्ध हुने तयारी

इलाम । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज, पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’ ले पार्टी परित्याग गरेका छन्। इलामका स्थापित तथा प्रभावशाली नेताका रूपमा परिचित शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धताको अन्त्य भएको घोषणा गरेका हुन्।
शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, “करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य। गणतन्त्रपछि अब समाजवादको यात्रा।”

उनको यस घोषणालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। लामो समयदेखि माओवादी पार्टीमा सक्रिय रहँदै आएका शर्माको पार्टी परित्यागले इलामको राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।

स्रोतका अनुसार शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपामा आबद्ध हुने तयारीमा रहेका छन्। यद्यपि, यस विषयमा शर्माले औपचारिक घोषणा भने गरिसकेका छैनन्।
इलाममा संगठन निर्माण, जनआन्दोलन तथा संसदीय भूमिकामा सक्रिय रहँदै आएका शर्माको आगामी राजनीतिक यात्रालाई चासोका साथ हेरिएको छ। इलाममा इञ्चार्ज भएपनि अधिकासं समय झापा बसेर आदेश शैलीमा कार्यकर्तालाई निर्देशन दिने तर संगठनलाई आफ्नो कम्पनी झैँ चलाएका रमणको पार्टी त्यागले पूर्व माओवादी पार्टीमा मिश्रीत प्रतिक्रिया आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार