Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम-२ बाट प्रत्यक्ष निर्वाचनका लागि सुहाङ नेम्वाङको एकल नाम सिफारिस

इलाम-२ बाट प्रत्यक्ष निर्वाचनका लागि सुहाङ नेम्वाङको एकल नाम सिफारिस

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १९ २०८२


इलाम-२ बाट प्रत्यक्ष निर्वाचनका लागि सुहाङ नेम्वाङको एकल नाम सिफारिस

इलाम । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फका लागि इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको नाम सिफारिस गरेको छ । नेकपा (एमाले) इलाम क्षेत्र नं-२ कमिटी इलामको शनिबार बसेको बैठकले एमाले केन्द्रीय सदस्य समेत रहेका नेम्वाङलाई सर्बसम्मत रुपमा एकल सिफारिस गरेको हो ।

नेम्वाङ गत १५ बैसाख २०८१ मा भएको उपनिर्वाचनमा विजयी भएका थिए । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङ २७ हजार ७७२ मतसहित विजयी भएका थिए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाएका थिए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार