Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटनामा परी इलामका मगरको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी इलामका मगरको मृत्यु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस १८ २०८२


मोटरसाइकल दुर्घटनामा परी इलामका मगरको मृत्यु

इलाम । पाँचथरको राँके–रवि सडक खण्डमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा इलामको फाकफोकथुम–४ का ३३ वर्षीय सुवास सारु मगरको ज्यान गएको हो। बा ९९प ८८०१ नम्बरको क्रसफायर मोटरसाइकल धोद्रे क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

सप्तमीबाट रवितर्फ जाँदै गरेका बेला मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई प्राथमिक स्वास्थ्य केन्द्र रवि लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। मोटरसाइकलमा सवार अर्का व्यक्ति काशीनाथ मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार