Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

वनभोज खान हेलिकप्टर चढेर पुगे बागमतीका मुख्यमन्त्री बानियाँ

वनभोज खान हेलिकप्टर चढेर पुगे बागमतीका मुख्यमन्त्री बानियाँ

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस १७ २०८२


वनभोज खान हेलिकप्टर चढेर पुगे बागमतीका मुख्यमन्त्री बानियाँ

काठमाडौं । ‘नेपालमा जे चटक गर्छन्, नेताहरूले गर्छन्’ भन्ने भाष्य त्यसै बनेको होइन । विपद्मा राहत पुर्‍याउनदेखि विवाहमा सरिक हुन नेता, मन्त्रीहरू हेलिकप्टर चढेर पुगेका समाचार कति आए कति ।

अब यसलाई पनि माथ खुवाउने गरी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ देखिएका छन् । बिहीबार सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुन उनी हेटौंडाबाट हेलिकप्टर चढेर पुगेका छन् ।

नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई-१४ मा वनभोज कार्यक्रमा आयोजना गरेका थिए । वनभोज कार्यक्रममा सरिक हुनकै लागि उनी हेलिकप्टर चढेर पुगेको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

मधेस शीतलहरले कष्टकर बनिरहेको बेला आफ्नो पार्टीले आयोजना गरेको वनभोजमा सहभागी हुनकै लागि हेलिकप्टर प्रयोग गरेर राज्यकोषको दुरुपयोग गरेकोप्रति स्थानीयवासीले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार