Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

शसस्त्र प्रहरीका डिएसपीको मृत्यु

शसस्त्र प्रहरीका डिएसपीको मृत्यु

  • सन्देश सम्बाददाता
  • बुधबार, पौस १६ २०८२


शसस्त्र प्रहरीका डिएसपीको मृत्यु

इलाम । सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्ममा कार्यरत डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ । बुधबार बिहान सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरी फर्केका उनी कार्यालय आएपछि अकास्मात् ढलेका थिए ।

उपचारका लागि उनलाई स्थानीय पशुपतिनगर स्वास्थ्य केन्द्रमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल लगिएको थियो । चिकित्सकले बिरामीको अवस्था निकै गम्भीर भएको जनाएपछि मुटुरोग विशेषज्ञसहितको हेकिप्टर मगाइएको थियो । फिस्टेल एयरको हेलिकप्टरमा काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल लगिएका कोइरालालाई चिकित्सकले बुधबार साँझ ६ बजेतिर मृत घोषित गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । उनी एक साताअघिमात्रै यहाँ गुल्मपतिको जिम्मेवारी सम्हाल्न आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार