Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

वन पैदावार मुद्दाका फरार अभियुक्त डिल्लीराम पक्राउ

वन पैदावार मुद्दाका फरार अभियुक्त डिल्लीराम पक्राउ

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १५ २०८२


वन पैदावार मुद्दाका फरार अभियुक्त  डिल्लीराम पक्राउ

इलाम । वन पैदावार सम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ। इलाम जिल्लाको साविक दानाबारी गाविस–९ हाल माई नगरपालिका–१ निवासी ३५ वर्षीय डिल्लीराम राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीमाथि वन पैदावार मुद्दामा संलग्न भएको ठहर गर्दै इलाम जिल्ला अदालतले मिति २०७० साल असार २५ गते १ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला पश्चात फरार रहेका राईलाई खोजतलास गर्ने क्रममा मिति २०८२ साल पुष गते १४ गते माई नगरपालिका–१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाम जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार कार्यालय इलाम पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार