Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

२ हप्तापछि महानगरको जिम्मेवारी छोड्दै बालेन

२ हप्तापछि महानगरको जिम्मेवारी छोड्दै बालेन

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १३ २०८२


२ हप्तापछि महानगरको जिम्मेवारी छोड्दै बालेन
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन्।
  • रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि उनले माघ ६ गतेभित्र राजीनामा दिनुपर्ने भएको छ।
  • मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् ।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।

काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले २ हप्ताभित्र राजीनामा दिने तयारी गरेका हुन् । ‘केही कामहरू बाँकी छन् । दुई हप्ताभित्र सकिएला कि भन्ने छ । अब त्यो विषयमा त्यहाँको प्राविधिक विषयहरू र राजनीतिक रूपमा पनि हेरेर एउटा उचित समयमा हुन्छ । त्यो भनेको दुई हप्ता जस्तो नै हो ।’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार