काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। राष्ट्रपति भेट्न खनाल शनिबार शीतलनिवास पुगेका थिए।
भेटमा आगामी निर्वाचनका लागि आवश्यक पूर्वाधार, शान्तिसुरक्षा व्यवस्था र तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नेलगायतका विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।
दलहरूले निर्वाचनको वातावरण नबनेको बताउँदै गर्दा राष्ट्रपति पौडेलले महत्वपूर्ण समन्वयको भूमिका खेल्दै आएका छन्। जेनजी विद्रोहपछि पहिलो पटक पुस ८ गते उनकै समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद भएको थियो।