Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

आजको मौसम : तराईमा दिनभर हुस्सु

आजको मौसम : तराईमा दिनभर हुस्सु

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १२ २०८२


आजको मौसम : तराईमा दिनभर हुस्सु

काठमाडौँ : देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान तराईका केही स्थानमा हुस्सु्कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

त्यस्तै आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार