Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : प्रचण्ड

फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : प्रचण्ड

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ११ २०८२


फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ : प्रचण्ड

काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन्।

शुक्रवार हात्तीवनस्थित निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उनले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन्।

उनले सो निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका सञ्चारमन्त्री खरेलले जानकारी दिए।

त्यस अवसरमा दाहालले निर्वाचनका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिन पनि सरकारलाई आग्रह गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार