Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम–७ मा २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने

इलाम–७ मा २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस ७ २०८२


इलाम–७ मा २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने

इलाम नगरपालिका–७ नम्बर वडा कार्यालयको समन्वय तथा इलाम नगरपालिकाको सहयोगमा चालू आर्थिक वर्ष २०८२/८३ मा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत २१ हप्ते वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम वडा नम्बर ७ मा सञ्चालन गरिने भएको हो ।

कार्यक्रम सञ्चालनका सम्बन्धमा वडा सदस्य बबिता राईको अध्यक्षतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इलाम नगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका फोकल पर्सन तथा प्रशासकीय अधिकृत श्री बबुल भक्तराज, वडा सदस्यहरू बसन्ती घतानी र विरेन्द्र देवानको उपस्थिति रहेको थियो ।

त्यसैगरी वडा महिला समन्वय समितिका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ताराकुटी टोल विकास संस्थाका अध्यक्ष खिना बस्नेत, भानु रत्न टोल विकास संस्थाका अध्यक्ष चन्द्रमणि भट्टराई, चियाबारी टोल विकास संस्थाका अध्यक्ष विक्रम लिम्बू, आदर्श टोल विकास संस्थाका अध्यक्ष बालकुमारी देवान, माइस्थान टोल विकास संस्थाका अध्यक्ष महानन्द भक्तराज तथा शंकरी देवी प्रगति टोल विकास संस्थाका अध्यक्ष खेम खतिवडा लगायत सबै टोल विकास संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा आप्रवासी स्रोत केन्द्र, इलामका आर्थिक परामर्शकर्ता कल्पना थापा, सामी कार्यक्रमका वित्तीय साक्षरता सहजकर्ता हिमा गुरुङ, मनोसामाजिक परामर्शकर्ता कल्पना गजमेर, कर्मचारीहरू ज्योति खड्का, खगेन्द्र कटुवाल तथा अन्य सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो ।

छलफलका क्रममा आगामी मिति २०८२ साल पौष १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका व्यक्तिका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरता तालिम सुरु गर्ने निर्णय गरिएको छ । तालिममा सहभागी हुन इच्छुक लक्षित वर्गका वडाबासीहरूले पौष १३ गतेसम्म आ–आफ्नो टोल विकास संस्थामार्फत वडा कार्यालयमा विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

२१ हप्ते वित्तीय साक्षरता तालिम सम्पन्न भएपछि बजेटको परिधिभित्र रही सहभागीहरूलाई सीपमूलक तालिम समेत उपलब्ध गराइने जानकारी दिइएको छ । कार्यक्रम सञ्चालन वडा प्रशासकीय प्रमुख खड्ग बस्नेतले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा आप्रवासी स्रोत केन्द्र, इलामले वैदेशिक रोजगारीमा जानु पूर्व, रोजगारीको क्रममा अपनाउनुपर्ने सावधानी तथा महत्वपूर्ण विषयहरूबारे परामर्शकर्ता कल्पना थापामार्फत जानकारी प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार