Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ

एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस ३ २०८२


एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ

इलाम । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिहीबार सम्पन्न पार्टीको एघारौं महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन्।

ओलीसँगै पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष प्रा डा  भरतराज पहारी र केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुष्पराज कँडेलले पनि शपथ ग्रहण गरेका छन्।

उनीहरू दुबैलाई पार्टी निर्वाचन आयोगका प्रमुख सुब्बाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार