Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्वः मैया कार्की स्मृती फुटबल : उपाधिका लागि रेडहर्स र तुर्केनी भिड्ने

स्वः मैया कार्की स्मृती फुटबल : उपाधिका लागि रेडहर्स र तुर्केनी भिड्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस ३ २०८२


स्वः मैया कार्की स्मृती फुटबल : उपाधिका लागि रेडहर्स र तुर्केनी भिड्ने

फिक्कल । स्वः मैया कार्की स्मृती आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिको लागि रेडहर्स फुटबल क्ल्ब इलामले तुर्केनी एफसी मेचीनगरसंग प्रतिस्पर्धा गर्ने भएको छ । सूर्योदय नगरपालिका–८ छिपिटारमा संचालिन प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा युथ अफ आहालेलाई सडनडेथमा हराउँदै इलामले मेचीनगरसंगको उपाधि भेट पक्का गरेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । अर्जुन गुरुङले गोल गरेका थिए । १–० ले पछि परेको आहालेका लागि मदन जवेगुले बराबरी गरे । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा इलामले जित निकालेको थियो ।

१० वटा प्रहारबाट मात्र खेलको छिनोफानो भएको थियो । खेलको म्यान अफ दि म्याच इलामका गोलरक्षक निशम दनुवार घोषित भए । पुष ५ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार