Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस २ २०८२


एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं : नेकपा ९एमाले०को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो ।

यद्यपि, प्राविधिक समस्याका कारण मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ । एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् ।

उनीहरू दुवै जना प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीले महासचिवमा शंखर पोखरेललाई तथा पोखरेलले सुरेन्द्र पाण्डेलाई अगाडि सारेका छन् ।

मतदान प्रक्रियाअन्तर्गत हिजो बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । त्यसका आधारमा १४ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार