चमैता । दोश्रो संस्करणको देउमाई कपको पुरुष तर्फ उपाधिको लागि पिवाइसी पाँचथर र डिफसी भिड्दैछन् । महिला तर्फ पिवाइसी र टिएससी भिड्दैछन् । सेमिफाइनल खेलमा पुरुष तर्फ पिवाइसीले हेन्सीस्टारलाई ३–० ले हराएको हो । खेलको म्यान अफ दि म्याच पिवाइसीका सन्तोष क्षेत्री घोषित हुँदै ट्रफी र नगद ५ सय रुपैया प्राप्त गरे ।
दोश्रो सेमिफाइनलमा आयोजक डिएफसीले सुनाखरी युथ क्लबलाई सडनडेथमा हराएको थियो । निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । खेलको म्यान अफ दि म्याच गोलरक्षक अनिश राई घोषित हुँदै ट्रफी र नगद ५ सय प्राप्त गरे ।
महिला तर्फको पहिलो सेमिफाइनलमा पिवाइसीले माईजोगमाईलाई सडनडेथमा हराएको थियो । निर्धारित समयमा दुवै टिमले १–१ बराबरी खेलेका थिए । खेलको प्लेयर अफ दि म्याच पिवाइसीकी गोलरक्षक सानी चेम्जोङ घोषित हुँदै नगद ट्रफी र नगद ५ सय रुपैया प्राप्त गरिन् ।
दोश्रो सेमिफाइनलमा टिएससीले घरेलु टिम डिएफसीलाई ३–० ले हराएको थियो । खेलको प्लेयर अफ दि म्याच टिएससीकी कप्तान सोनम चाम्लिङ घोषित हुँदै ट्रफी र नगद ५ सय प्राप्त गरिन् । पुरुष तर्फको बिजेताले ५६ हजार ६ सय ६६ र उपविजेताले ३४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्नेछ ।
विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्स, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र उदियमान खेलाडीलाई आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला तर्फ बिजेताले २५ हजार ५ सय ५५ र उपविजेताले १२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई नगद ५ सय र ट्रफी प्रदान गरिएको छ ।