Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मंसिर २७ बाट सूर्योदय नगरपालिकामा ८ मा स्वः मैया कार्की स्मृति कप फुटबल प्रतियोगिता (तस्बिरहरु) 

मंसिर २७ बाट सूर्योदय नगरपालिकामा ८ मा स्वः मैया कार्की स्मृति कप फुटबल प्रतियोगिता (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • बिहिबार, मंसिर २६ २०८२


मंसिर  २७ बाट सूर्योदय नगरपालिकामा ८ मा स्वः मैया कार्की स्मृति कप फुटबल प्रतियोगिता (तस्बिरहरु) 
इलाम । इलामको सूर्योदय नगरपालिका ८ स्थित छिपिटारमा स्वः मैया कार्की स्मृती फुटबल प्रतियोगिता हुने भएको छ । छिपिटार टोल विकास संस्थाको आयोजना, पमसिटि युवा क्लबको व्यवस्थापनमा मंसिर २७ गतेबाट प्रथम आमन्त्रित स्वः मैया कार्की स्मृति फुटबल प्रतियोगिताको आयोजना हुने भएको हो ।
खेलकुद प्रतियोगिताको आयोजनाका बारेमा बिहिबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । खेलकुद प्रतियोगितामा सम्पन्न गर्न ७ लाख खर्च हुने अनुमान गरिएको छ । छिपिटार टोल विकास संस्थाका अध्यक्ष अजित गुरुङ्गका अनुसार युवाहरुमा खेलकुदप्रतिको आकर्षण वृद्धि र खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न फुटवल प्रतियोगिताको आयोजना गरिएको हो । पर्यटनको प्रवद्र्धन गर्ने माध्यम खेलकुदको क्षेत्र पनि भएकाले त्यसतर्फ टोल विकास संस्था लागि परेको उनले बताए । प्रतियोगिता सफल बनाउन टोल विकास संस्थाले सबै पक्षसँग समन्वयको काम गर्दै आएको हो ।
पुष ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा ८ वटा क्लब सहभागि      हुनेछन् । प्रतियोगितामा इलाम, झापा र मोरङ्ग जिल्लाका क्लबहरुको सहभागिता हुने आयोजक संस्था पमसिटि युवा क्लबका अध्यक्ष अनिल प्रधानले बताए । प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सफल बनाउन खेलमैदान पूर्णरुपमा तयार भएको पमसिटि युथ क्लब अन्तरगत प्रतियोगिता आयोजक समितिका संयोजक भक्त गुरुङ्गले बताए । सूर्योदय नगरपालिकाले बसपार्क बनाउने प्रस्ताव गरेको जग्गालाई व्यवस्थापन गरि प्रतियोगिता गर्न लागिएको गुरुङ्गले बताए । ७ जना खेलाडीको टिम हुने प्रतियोगिता सम्पन्न गर्न आवश्यक अन्य पूर्वाधार निर्माणको काम धमाधम हुँदै आएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि खेलमैदान मर्मतमा प्रेम कार्कीले सहयोग गरेका छन् । कार्कीले आफ्नो आमाको स्मृतिमा खेलमैदान मर्मत गर्न लाग्ने सम्पूर्ण खर्च बेहोरेका हुन् । सोहिकारण यस प्रतियोगिताको नाम स्वःमैया कार्की स्मृति स्मृती फुटबल प्रतियोगिता नामाकरण गरिएको हो । प्रतियोगिता अवधिभर १० हजार बढी दर्शक भित्र्याउने लक्ष्य लिइएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा आवश्यक पर्ने ट्रफि र मेडलहरु सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन पौडेलको परिवारले आफ्नो आमा स्वः नर्वदा पौडेलको स्मृतिमा प्रदान गरेका छन् । स्वर्गीय नर्वदा पौडेलका श्रीमान् केशव पौडेलको परिवारले ट्रफि र मेडलहरुको प्रायोजन गरेका हुन् । प्रतियोगितामा रेड डेभिल्स नयाँबजार, पम्पसिटि युथ क्लब, कन्याम एफ सि, युथ अफ आहाले, उर्लाबारी एफ सि, रेडहर्स इलाम र शनिश्चरे एफ सि झापा र तुर्केनी एस सि क्लब सहभागि हुनेछन् ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार